बैंकविरुद्ध उद्याेगी व्यवसायीकाे प्रदर्शन

 फागुन ५, २०७९ शुक्रबार १७:२२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकहरूविरुद्ध प्रदर्शन गरेको छ । शुक्रवार उद्योगी व्यवसायीहरूका नाै वटा महासङ्घ र ३८ वटा सङ्घले बैंकहरूविरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् । व्यवसायीहरूले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका हुन् । 

विरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरूले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैंकको आतङ्कलाई बन्द गर्न र व्यवसायीहरूलाई गरिखान दिन आवाज उठाइरहेको बताउनुभयो । उहाँले देशका उद्योगी व्यवसायीहरूको माग सम्बोधन हुन सबै व्यवसायी प्रेम आचार्य नै बन्नुपर्ने हो भन्दै प्रश्न गर्नुभयो । 

त्यस्तै नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष कुमार कार्कीले नेपालीहरूले नेपालमा नै गरिखान पाउनुपर्ने बताउनुभयो । उहाँले व्यापारीहरूले आठ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्‍याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले बैंकर्स र वित्तीय संस्थाहरू सामन्ती बनिरहेको आराेप लगाउनुभयाे । 

पछिल्लो समय कोभिड महामारीलगायतका कारण नेपालका उद्योग धन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरूका कुनै पनि माग सम्बोधन नगरेको आरोप उनीहरूको छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया