भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – अस्ट्रेलियासँगकाे दाेस्राे टेस्ट क्रिकेटमा भारत ६ विकेटले विजयी भएकाे छ । दिल्लीकाे फिराेजशाह काेटला रङ्गशालामा अस्ट्रेलियाले दिएकाे १ सय १५ रनकाे सामान्य लक्ष्य भारतले ४ विकेट गुमाएर पूरा गर्याे ।
भारतका लागि कप्तान राेहित शर्मा र चेतेश्वर पुजाराले समान ३१ रन, श्रीकर भरतले २२ र विराट काेहलीले २० रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले २ र टस मर्फीले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे अस्ट्रेलियाले पहिलाे इनिङ्समा २ सय ६३ रन बनाउँदा अलआउट भएकाे थियाे । उसका लागि उस्मान खवाजाले ८१ र पिटर ह्यान्ड्सकम्बले ७२ रन बनाएका थिए । बलिङतर्फ भारतका माेहम्मद शामीले ४ तथा रविचन्द्रन अश्विन र रविन्द्र जडेजाले ३/३ विकेट लिएका थिए ।
भारत पहिलाे इनिङ्समा २ सय ६२ रन बनाउँदा अलआउट भएकाे थियाे । उसका लागि अक्षर पटेलले ७४ र विराट काेहलीले ४४ रन बनाएका थिए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले ५ तथा म्याथ्यु कुन्हेमान र टड मर्फीले २/२ विकेट लिएका थिए ।
याेसँगै भारतले ४ खेलकाे शृङ्खलामा २–० काे अग्रता लिएकाे छ । तेस्राे टेस्ट मार्च १ देखि इन्दाेरमा सुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।