स्याङ्जा : ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालक दुवैकाे ज्यान गयाे

 फागुन ८, २०७९ सोमबार १२:१६:६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको वालिङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । जगत भञ्ज्याङबाट मिर्दीका लागि छुटेकाे ग १ त ६८८६ नम्बरकाे ट्र्याक्टर वालिङ-६ को आम्डालीमा दुर्घटना भएकाे हाे। 

दुर्घटनामा गम्भीर घाइते भएका चालक चापाकोट-२ का नविन सुनार र वालिङ-८ का १४ वर्षका सोविन विकको उपचारका क्रममा ज्यान गएको हो। 

गएराति ढुङ्गा बोकेको ट्र्याक्टर अनियन्त्रित भइ सडकबाट १५ मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो।

चालक नविनको उपचारका क्रममा वालिङ अस्पतालमा र सहचालक विकको पोखरामा ज्यान गएकाे प्रहरीले जनाएकाे छ। 

अन्तिम अपडेट: चैत १४, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया