राष्ट्रपति रनिङ शिल्डको उपाधि जनज्योतिलाई

 फागुन १०, २०७९ बुधबार १८:१९:३० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति मावि चुत्राबेसीले जितेको छ ।

नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरूको सहभागिता रहेको रनिङ शिल्ड प्रतियोगितामा छात्र–छात्रा दुवैतर्फको लिबल तथा अन्य खेलहरू जित्दै जनज्याेतिले उपाधि हात पारेको विद्यालयका प्रधानाध्यापक माधवराज आचार्यले बताउनुभयो । उपाधि जितेको खुसीयालीमा जनज्योति माविले चुत्राबेसी र सन्धिखर्क बजार परिक्रमा गरेको छ ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठ, उमपेयर मिश्रा आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्यहरूलगायतकाे उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया