'स्पट फिक्सिङ' काे आराेपमा पक्राउ परेकालाई धराैटीमा छाड्न आदेश

 फागुन १०, २०७९ बुधबार २०:३३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै जिल्ला अदालतले 'स्पट फिक्सिङ' काे आराेपमा पक्राउ परेका तीन जनालाई धराैटीमा छाड्न आदेश दिएकाे छ । 

आज बुधवार न्यायाधीश राजकुमार श्रेष्ठकाे एकल इजलासले राष्ट्रिय टाेलीका सदस्य माेहमद आदिल अन्सारी, राष्ट्रिय टोलीका पूर्वखेलाडी महबुब आलम र नितेश गुप्तालाई तीन लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएकाे हाे । 

गएको पुस ९ देखि २७ सम्म काठमाण्डाैमा भएको नेपाल टी–२० लिगमा परिणामलाई प्रभावित पार्ने गरी मिलोमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान गरेको थियो । सीआईबीले प्रतियोगितामा 'स्पट फिक्सिङ' भएको निष्कर्ष निकालेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डाैले गएकाे साेमवार पाँच जनाविरुद्ध 'स्पट फिक्सिङ' को आराेपमा जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दर्ता गरेको थियाे । यसअघि सीआईबीले नेपाल टी–२० क्रिकेट लिगमा भएको भनिएको 'स्पट फिक्सिङ' प्रकरणमा १२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहित आफ्नो प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियाे । कार्यालयले पाँच जनाविरूद्ध मात्रै मुद्दा दर्ता गरेको थियो । यसमा नवीन कँडेल र रवि माझी भने फरार छन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया