भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले नामिबियामाथि १ विकेटकाे सङ्घर्षपूर्ण जित निकालेकाे छ ।
दुबई क्रिकेट मैदानमा नामिबियाले दिएकाे ९२ रनकाे सामान्य लक्ष्य यूएईले ३३ ओभरमा ९ विकेट गुमाएर भेटायाे । यूएईका आयान अफजल खानले नटआउट ३५ रन बनाए । बलिङतर्फ नामिबियाका तान्गेनी लुङ्गामेनीले ४, रुबेन ट्रम्पलम्यानले ३ र बेन शिकाेन्जाेले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेकाे नामिबिया ३१ ओभर १ बलमा ९१ रन बनाउँदा अलआउट भयाे । नामिबियाका ट्रम्पलम्यानले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ यूएईका जहूर खान, अफजल खान र कार्तिक मय्यप्पनले ३/३ विकेट लिए ।
याे जितसँगै यूएई २७ खेलमा २९ अङ्कका साथ तालिकाकाे पाँचाैँ स्थानमा छ । नामिबिया ३५ खेलमा ३७ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।