सप्तरी : स्रोत नखुलेको ७ लाख ६३ हजार रुपैयाँसहित भारतीय महिला पक्राउ

 फागुन १४, २०७९ आइतबार १०:२३:५५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीमा स्राेत नखुलेकाे ७ लाख ६३ हजार ३ सय रुपैयाँसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितकाे जाँच टाेलीले हिजाे बेलुका महिलालाई तिलाठी कोइलाडी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट पक्राउ गरेकाे हाे । 

पक्राउ पर्नेमा भारतको सुपौल बिहारकी ३१ वर्षीया अस्मिता कुमारी साह रहेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनकाे साथबाट स्रोत नखुलेको ६ लाख ८३ हजार ३ सय नेपाली रुपैयाँ र ५० हजार भारतीय रुपैयाँ गरी ७ लाख ६३ हजार ३ सय रुपैयाँ बरामद भएकाे हाे । 

महिलालाई नियन्त्रणमा लिइ आन्तरिक राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएकाे र घटनाबारे अनुसन्धान भइरहेको सप्तरीका प्रहरी उपरीक्षक एसपी नरेन्द्रकुमार कार्कीले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया