कालीकाेट : सालझारी वनमा आगलागी हुँदा एक जनाकाे ज्यान गयाे, दुई जना घाइते

 फागुन १४, २०७९ आइतबार १९:२६:७ | मनिराज पाण्डे
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कालीकोट – कालीकाेटकाे नरहरिनाथ गाउँपालिका ८ मा पर्ने सालझारी सामुदायिक वनमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । शनिवार वनमा काठ काट्न गएका १२ जनामध्ये तीन जना आगलागीमा परेर जलेका हुन् ।

ज्यान गुमाउनेमा खाँडाचक्र नगरपालिका २ का ५५ वर्षीय जयलाल विक रहेका छन् । त्यस्तै घाइते हुनेमा नरहरिनाथ–८ का ४७ वर्षीय अदाने विष्ट र ३२ वर्षीय धिरेन्द्र विष्ट रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख जयश्वर रिमालले जानकारी दिनुभयाे । 

आगलागीबाट घाइते भएका अदाने विष्टलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको र उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डाैकाे कीर्तिपुर अस्पताल रिफर गरिएको छ । अछामको पन्चदेवल सामुदायिक वनबाट सुरु भएको आगाे नरहरिनाथ ८ को सामुदायिक वनसम्म पुगेकाे थियाे ।

अन्तिम अपडेट: चैत ३०, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया