सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयो : १२ जना घाइते

 फागुन १६, २०७९ मंगलबार ९:२३:४७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर ९ विष्णुमन्दिर नजिक दुई वटा जीप ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षका हरेराम साह हलुवाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

उनीहरुलाई स्थानीय धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ । 

यस्तै, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर ३ पोर्तहामा कारले पैदल यात्रुलाई ठक्कर दिँदा ३५ वर्षीय एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया