विश्व बैंकको १० करोड डलर ऋण सम्झौतालाई अन्तिम रूप दिन वार्ता समिति गठन गर्ने सरकारकाे निर्णय

 फागुन १६, २०७९ मंगलबार १७:१८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैङ्कबाट प्राप्त हुने १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋणसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

हिजो साेमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज मङ्गलवार सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वार्ता टोली गठन गर्ने जानकारी गराउनुभएको हो । यस्तै विश्व बैंकबाटै प्राप्त हुने ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान सहायतासम्बन्धी सम्झौतालाई पनि अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकले कर्णाली कोरिडोर ४ सय केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने निर्णय पनि गरेकाे छ । यस्तै बैठकले यसअघि विभिन्न मितिमा नेपाल सरकार, मन्त्रिपरिषदबाट शहीद घोषणा भई नेपाल राजपत्रमा नियमावली प्रकाशन हुन बाँकी रहेका शहीदहरूको नामावली गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्काे निर्णय :

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया