पर्वत र बाग्लुङका माझी समुदायले मनाए लदी पर्व

 फागुन १७, २०७९ बुधबार १०:४४:३ | सन्तोष थापा
unn.prixa.net

पर्वत – कालीगण्डकी नदी किनारमा बालुवा संकलन गरेर जीविकोपार्जन गर्दै आएका पर्वत र बाग्लुङका माझी तथा बोटे समुदायले नदीको पूजा गरि लदी पर्व मनाएका छन् । कुश्मा नगरपालिका १ मालढुङ्गा र बाग्लुङमा बसोबास गर्ने माझी समुदायले सयुंक्त रुपमा कालीगण्डकी नदीको पूजा गरेर लदी पर्व मनाएका हुन ।

लोपोन्मुख माझी तथा बोटे समुदायको मुख्य पेसा नदीमा माछा मारेर जीविकोपार्जन गर्ने हो । त्यसैले माझी तथा बोटे समुदायले नदीको पूजा गरेर आफ्नो पेसाको सम्मान गर्ने गर्छन् । सिमेन्टका घर बन्न थालेसँगै माझी समुदाय बालुवा संकलन पनि गर्दै आएकाे थियाे । तर पछिल्लो समय सरकारले नदीबाट बालुवा संकलन गर्न बन्द गरिदिएपछि आफूहरु समस्यामा परेको मालढुंगाका स्थानीयबासी बलबहादुर माझीले गुनासो गर्नुभयो ।

लदी पर्वमा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी पनि उपस्थित हुनुभएकाे थियाे । उहाँले माझीबोटे समुदायको परम्परागत पेसा संरक्षण गर्न र अन्य बैकल्पिक पेसा पनि अँगाल्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

पर्वत जिल्लाको जनसंख्या १ लाख ३२ हजार मध्ये ० दशमलव ७ प्रतिशत अर्थात ९ सय ८० मात्रै माझी समुदायको बसोबास रहेको छ । पर्वतमा विशेष गरी कालीगण्डकी नदी किनारको मालढुंगा र विहादी गाउँपालिकाको इमिचौरमा माझी समुदायको बसोबास रहेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया