भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – मच्छिन्द्र फुटबल क्लबले केपी ओली कप फुटबल प्रतियाेगिताकाे उपाधि जितेको छ । बुधवार दशरथ रङ्गशालामा भएकाे फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी शुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मच्छिन्द्रले उपाधि जितेकाे हाे ।
निर्धारित ९० मिनेटमा १–१ काे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे थियाे । त्यसअघि मच्छिन्द्रका लागि खेलकाे ५ औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दा सातदाेबाटाेका लागि खेलकाे १८ औँ मिनेटमा जोर्डन ओवानाले गाेल गरेका थिए ।
उपाधिसँगै मच्छिन्द्रले १० लाख रुपैयाँ प्राप्त गरेकाे छ । उपविजेता बनेकाे सातदोबाटोले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगितामा आयोजक केपी ओली फुटबल क्लबसहित ८ वटा टोलीको सहभागिता रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।