मौसम परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी बढे

 फागुन १८, २०७९ बिहिबार ११:४४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मौसम परिवर्तनसँगै बिरामी बढ्न थालेका छन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार अहिले धेरैजसो रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।

मौसम परिवर्तनसँगै वातावरण प्रदुषण लगायतका कारण बिरामी पर्नेको संख्या बढिरहेको हो । मौसम परिवर्तनको समयमा शरीरको रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता कम हुने भएकाले बिरामी पर्ने सम्भावना धेरै हुने डाक्टर पुनले बताउनुभयो ।

मौसम परिवर्तन हुँदै गर्दा शरीर कमजोर हुने, खाना खान मन नलाग्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखा पर्छन् । 

सामान्य मानिने रुघाखोकीको समयमै उपचार नगरे यसले जटिल रुप लिने डाक्टर बताउँछन् । सामान्य खालको रुघाखोकीलाई घरमै आराम गरेर र तातो झोलिलो खानेकुरा खाएर निको पार्न सकिन्छ ।

तर, एक हप्तासम्म पनि रुघाखोकी निको नभए परीक्षणका लागि अस्पताल जान डाक्टर पुनको सुझाव छ  ।

प्रशस्त मात्रामा शुद्ध पानी पिउने,  हरियो सागसब्जी, फलफूल र घरकै ताजा स्वस्थकर खाना खाने गरे रोग लाग्नबाट बच्न सकिने डाक्टरको भनाइ छ ।

डाक्टरहरुकाअनुसार घरबाट बाहिर निस्कँदा मास्क लगाउने, सकेसम्म भिडभाडमा नजाने, जानै परे भौतिक दूरी कायम गर्ने गरे प्रदुषणका कारण पर्ने असरसँगै  संक्रामक रोग लाग्नबाट बच्न सकिन्छ ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया