मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
काठमाण्डाै – समस्यामा पर्नेहरुलाई पैसा सापटी दिएर उल्टै समस्या भोग्नेहरुको पीडा समेटिएको गीत सार्वजनिक भएकोे छ ।
गायक बद्री पंगेनीले यस्तै पीडा भोगेका आम मान्छेको समस्यालाई सन्देशमूलक विषय बनाएर नयाँ गीत ल्याउनुभएको हो । ‘पैसा सापटी’ बोलको म्युजिक भिडिओको पैसा सापटी लिनुभन्दा अघि र लिएपछिको अवस्थालाई चित्रण गरिएको छ ।
अनेक बहाना र समस्या देखाएर पैसा सापटी लिने, तर पैसा हात परेपछि दुःख दिनेहरुको चरित्र गीतमा उतारिएको छ । गीतमा पैसा सापटी दिएका कारण सम्बन्ध बिग्रिएको र पैसा सापटी दिनेहरु नै प्रहरी फन्दामा परेको घटना देखाइएको छ । पंगेनीको आफ्नै शब्द र संगीतमा रहेको यो गीतमा गायिका रचना रिमालले साथ दिएकी छिन् ।
भिडियाे हेर्नुहाेस् :