राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध बनाएर जान आवश्यक छ : अध्यक्ष नेपाल

 फागुन १८, २०७९ बिहिबार १६:४७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रविन्दुमा राख्नुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाण्डाैमा आयोजित आठ दलीय सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिकाे कर्तव्य र जिम्मेवारीको बारेमा प्रष्टताको आवश्यकता रहेको बताउनुभयो । उहाँले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिकाे कर्तव्य र जिम्मेवारीहरूको बारेमा प्रष्टताको आवश्यकता छ । राष्ट्रिय हितको प्रवर्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानकाे कुरालाई केन्द्रविन्दुमा राख्नुपर्छ । राष्ट्रका सामु अनेकन चुनौतीहरू आइरहेका छन् यसमा ध्यान जानुपर्छ, सबै राष्ट्र शक्तिहरूलाई एकताबद्ध बनाएर जानुपर्छ ।’

अध्यक्ष नेपालले अहिलेसम्म प्राप्त भएका अनुभवहरूलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्ने विश्वास गर्नुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया