यूएईलाई हराउँदै नेपाल यू–१९ विश्व कपमा

 फागुन १८, २०७९ बिहीबार १७:५५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टाेली यूएईलाई हराएकाे छ । नेपालले यूएईलाई ७ रनले हराएकाे हाे । याे जितसँगै नेपाल १९ वर्षमुनिकाे विश्व कपमा पुगेकाे छ । नेपाल ८ वर्षपछि विश्व कपमा पुगेकाे हाे । यसअघि सन् २०१६ मा नेपालले उमेर समूहकाे विश्व कप खेलेकाे थियाे । 

नेपालले दिएकाे १ सय ९२ रनकाे लक्ष्य पछ्याएकाे यूएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भयाे । यूएईका लागि इथान कार्ल डिसुजाले ५०, आर्यन सक्सेनाले ३४ र आर्यन शर्माले ३२ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले 'ह्याट्रिक' सहित ५ विकेट लिए ।

यसअघि आजमानमा रहेकाे इडेन गार्डेन्समा टस हारेर ब्याटिङ गरेकाे नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रनमा अलआएट भयाे । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए । यस्तै विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए । बलिङतर्फ यूएईका ध्रुव पराशरले ३ तथा हरित हरि शेट्टी र आयन आफजल खानले २/२ विकेट लिए । 

नेपालले पहिलाे खेलमा सिङ्गापुरलाई ९६, दाेस्राे खेलमा कुवेतलाई २ सय ४३, तेस्राे खेलमा हङकङलाई ९ विकेट र चाैथाे खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।

१९ वर्षमुनिकाे विश्व कप सन् २०२४ मा श्रीलङ्कामा हुँदैछ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sohan karki

    March 2, 2023, 6:10 p.m.

    Very nice n feeling proud, keep it up.

  •  0 Reply

तपाईको प्रतिक्रिया