भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल यूएईसँग ६८ रनले पराजित भएकाे छ ।
यूएईले दिएकाे २ सय ८ रनकाे लक्ष्य पछ्याएकाे नेपाल ३१ ओभर ५ बलमा १ सय ३९ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि कुशल मल्लले ६० रन र सन्दीप लामिछानेले नटआउट २६ रन बनाए पनि अन्य खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ यूएईका राेहन मुस्तफा र कार्तिक मय्यपनले ३/३ विकेट लिए ।
यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७ रन बनायाे । यूएईका लागि आसिफ खानले ७२ र राेहन मुस्तफाले ५२ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । सन्दीपले १० ओभरमा २७ रन दिँदै ३ विकेट लिएका हुन् । यस्तै करण केसी, आरिफ शेख र कुशल मल्लले १/१ विकेट लिए ।
यूएईसँग हारेसँगै अब नेपालले लिग–२ को शीर्ष तीनमा रहँदै साेझै विश्व कप खेल्न बाँकी रहेको ६ वटै खेल जित्नुपर्नेछ । अङ्क तालिकामा नेपाल ३० खेलमा २८ अङ्कसहित छैटाैँ स्थानमा छ ।
याे हारसँगै नेपालले लगातार पाँच खेल जितेर बनाएकाे कीर्तिमानमा पनि 'ब्रेक' लागेकाे छ । यसअघि घरेलु मैदानमा भएकाे ४ वटै खेल जितेर यूएई भ्रमण गरेकाे नेपालले त्रिदेशीय शृङ्खलाकाे पहिलाे खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।