जावलाखेलले मच्छिन्द्रलाई ३–१ गाेलले हरायाे

 फागुन २१, २०७९ आइतबार २०:२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मच्छिन्द्र क्लब जावलाखेल युथ क्लबसँग पराजित भएको छ ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालमा आइतवार भएकाे खेलमा जावलाखेलले मच्छिन्द्रलाई ३–१ गोलले हरायो । जावलाखेलका लागि हिबुस थपलिया, सिमान्त थापा र मोसाबीले गोल गरे । मच्छिन्द्रका देवेन्द्र तामाङले एक गोल फर्काए । 

यसअघि सातदोबाटोले एनआरटीलाई २–१ गोलले हराउँदा अर्काे खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटाले गोलरहित बराबरी खेलका थिए ।

‘ए’ डिभिजन लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । लिगमा सहभागी १४ क्लबबिच हुने १ सय ८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया