सप्तरीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

 फागुन २२, २०७९ सोमबार ९:२७:३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीकाे बोदेबर्साइन नगरपालिका-५  मा गएराति माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।

बीआर ३२ वाई ६०५७ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भएर पाेलमा ठाेक्किँदा चालक सप्तरी बलान बिहुल गाउँपालिका-४ का ५५ वर्षीय विशाे मण्डलकाे ज्यान गएकाे हाे ।

माेटरसाइकलकाे पछाडि बस्ने त्यही ठाउँका १८ वर्षीय कमलेश कुमार शर्माकाे भने जीवन ज्योति अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । 

 

अन्तिम अपडेट: चैत १२, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया