रामचन्द्र पाैडेललाई सहयोग गर्न राप्रपा सकारात्मक छ : उपसभापति खड्का

 फागुन २२, २०७९ सोमबार १९:३७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग आफूलाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

सोमवार राप्रपा पार्टी कार्यालय पुगेर वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसँग भेट गर्नुभएको हो । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको बताउनुभयो । उहाँले राप्रपाले सकारात्मक जवाफ दिएको र अग्रिम शुभकामना दिएको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘राष्ट्रपति चुनावका लागि रामचन्द्र पौडेल संविधानको रक्षा गर्नसक्ने उपयुक्त पात्र हुनुहुन्छ, त्य सकारण हामीले उहाँहरूसँग हामीलाई सहयोग गर्न भन्यौँ । उहाँहरूले अग्रिम शुभकामना दिनुभयो । उहाँहरूले २४ गते बैठक बसेर निर्णय गर्ने भन्नुभएको छ । सकारात्मक जवाफ आएको छ ।’

एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएकाे छ । राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ । चुनाव नजिकिएसँगै उम्मेदवारहरू आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरूसँगको भेटलाई तीव्र बनाइरहेका छन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया