दैलेखमा कुटपिटबाट एक जनाकाे ज्यान गयाे

 फागुन २३, २०७९ मंगलबार ८:११:० | अमर सुनार
unn.prixa.net

दैलेख - दैलेखकाे नारायण नगरपालिका–११ बिन्ध्यवासिनीमा कुटपिटबाट एक जनाकाे ज्यान गएकाे छ । छिमेकका श्रीमान् श्रीमती झगडा गरिरहेको ठाउँमा सम्झाउन गएका ५३ वर्षीय गगनबहादुर विकको कुटपिटबाट ज्यान गएकाे हाे । कुटपिटबाट घाइते भएका विककाे दैलेख अस्पतालमा उपचारका क्रममा ज्यान गएको हाे । 

जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले टाउको, छाती र ढाडमा चाेट लागेर अत्यधिक रगत बगेको कारण विककाे ज्यान गएकाे बताउनु भयाे । 

कुटपिटमा संलग्न छिमेकी २६ वर्षीय तुलबहादुर सिंह र २२ वर्षीय भूपेन्द्र बुढा लगायतकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको लम्सालले जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: चैत २८, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया