सप्तरीमा सालीलाई रङ दलेकाे विषयमा दुई समूहबीच झडप

 फागुन २४, २०७९ बुधबार १४:२५:१५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप भएको छ । सप्तरीको महादेवा गाउँपालिका–४ मनियार परसाही टोलमा हिजो मङ्गलवार २५ वर्षीय योगेन्द्र सरदारले आफ्नो सालीलाई रङ दलेपछि साली पक्षका युवाले सरदारलाई कुटपिट गरेका थिए । त्यसपछि योगेन्द्र सरदार पक्षका युवा जम्मा भएर परसाही टोलका युवासँग झडप गरेका छन् ।

झडपमा केही युवा घाइते भएका सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता नरेशकुमार सिंहले बताउनुभयो । कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रवक्ता सिंहले जानकारी दिनुभयो । 

दुई समूहकाे झडपमा घाइते भएकाहरूकाे स्थानीय मेडिकल उपचार भइरहेकाे र फरार रहेका अन्य व्यक्तिहरूकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया