हेटौँडामा मोटरसाइकल र स्कुटर ठोकिँदा २ जनाको ज्यान गयाे

 फागुन २४, २०७९ बुधबार १५:४३:१२ | हरि हुमागाईं
unn.prixa.net

प्रतीकात्मक तस्बिर

मकवानपुर – मकवानपुरकाे हेटौँडामा मोटरसाइकल र स्कुटर ठोकिँदा दुई जनाको ज्यान गएकाे छ । हेटौँडा उपमहानगरपालिका–१७ हटियाको कठायत चोकमा आज बुधवार माेटरसाइकल र स्कुटर ठाेकिएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे हाे । दुर्घटना अन्य दुई जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा मोटरसाइकल चालक हेटाैँडा–१८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जन र स्कुटर चालक नुवाकोट ककनी नगरपालिका–४ की २८ वर्षीया जीना लामा रहेका प्रहरीले जनाएको छ । भोम्जनको हेटौँडामा नै ज्यान गएकाे हाे भने लामाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।

हेटौँडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर ठोक्किएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार हेटौँडा–१८ रामधुनीका १६ वर्षीय सुजन घलान घाइते भएका र उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । यस्तै दुर्घटनामा घाइते बाग्मती गाउँपालिका–८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगरलाई थप उपचारका लागि चितवन रेफर गरिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया