'ए' डिभिजन लिगमा थ्री स्टारले खुमलटारलाई हरायाे

 फागुन २६, २०७९ शुक्रबार १७:२४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा आज शुक्रवार भएकाे पहिलाे खेलमा थ्री स्टार क्लबले एफसी खुमलटारलाई हराएकाे छ । 

एन्फा कम्प्लेक्स सातदाेबाटाेमा भएकाे खेलमा थ्री स्टारले खुमलटारलाई २–० गाेल अन्तरेले हरायाे । थ्री स्टारका लागि अजयी मार्टिन्सले २ गाेल गरे । 

याे जितसँगै थ्री स्टारले ३ खेलमा ४ अङ्क जाेडेकाे छ । लगातार दोस्रो हार बेहोरेको खुमलटारको ३ खेलमा ३ अङ्क छ ।

त्यस्तै अर्काे खेलमा हिमालयन शेर्पा र चर्च ब्वाइज अहिले साढे ५ बजे दशरथ रङ्गशालामा खेल्दैछन् । लिगमा आजदेखि तेस्राे चरणका खेलहरू सुरु भएकाे हाे ।

यस सिजनको ए डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया