दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

 फागुन २७, २०७९ शनिबार २०:३९:३९ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखबाट कालीकोट जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

आज दिउँसाे भएकाे दुर्घटनामा  नौमुले गाउँपालिका–३ द्वारीकाका २८ वर्षीय शशिराम पुन मगरको ज्यान गएको हाे । 

निर्माण सामग्री लिएर दैलेख सदरमुकामबाट कालीकोटको डिल्लीकोट जाँदै गर्दा ना ७ त ४४७७ नम्बरको ट्र्याक्टर नौमुले गाउँपालिका–२ गेरुपानीको भिरबाट खसेकाे प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया