‘ए’ डिभिजन लिग : सङ्कटा र सातदोबाटो क्लब विजयी, जावलाखेल र एपीएफले बराबरी खेले

 फागुन २७, २०७९ शनिबार १९:५६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा भएको खेलमा एपीएफ र  जावलाखेलले गोबलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । जावलाखेल ७ अङ्कसहित तेस्रो स्थानमा छ भने एपीएफले ४ अङ्क जोडेको छ । आज भएको अर्को खेलमा सङ्कटा क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ ।

च्यासल मैदानमा भएको खेलमा सङ्कटाले पुलिसलाई ३–० गोलले हरायो । सङ्कटाको जितमा गणेश हमाल, रोशन ठकुरी र सुरज ज्यू ठकुरीले एक/एक गोल गरे । पुलिस क्लबको यो लगातार तेस्रो हार हो ।  सङ्कटाको भने पहिलो जित हो ।

आजै भएको तेस्रो खेलमा सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबलाई १–० गोलले हराएको छ । सातदोबाटोको जितमा दीपकराज ठकुरीले गोल गरे । सातदोबाटो तीनवटै खेल जितेर दोस्रो स्थानमा छ । फ्रेन्ड्सले तीन खेलमा जम्मा एक अङ्क जोडेको छ ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया