मनाङ र मच्छिन्द्रबीच गाेलरहित बराबरी, एनआरटी र आर्मीले ३–३ गाेलकाे बराबरी खेले

 फागुन २८, २०७९ आइतबार १८:२७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज आइतवार भएकाे दुई वटै खेल बराबरीमा सकिएकाे छ । 

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबले गोलरहित बराबरी खेले । मनाङले तीन खेलमा पाँच अङ्क जाेड्दा मच्छिन्द्रले आज खाता खोलेको छ ।

आजै च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबले तीन–तीन गोलको बराबरी खेलेका छन् । आर्मीका लागि नवयुग श्रेष्ठ, सुदिल राई र दिनेश हेम्जनले गोल गरे । एनआरटीका लालनुनजामाले दुई र जिन एन्सरले एक गोल गरे । आर्मीले तीन खेलमा पाँच अङ्क जोडेको छ भने एनआरटीले आज खाता खोलेको छ ।

यस सिजनको 'ए' डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा एक सय ८२ वटा खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया