नेपाल 'यू–२० महिला एसियन कप छनाेट' काे दाेस्राे चरणमा

 फागुन २८, २०७९ आइतबार २०:४०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – एएफसी २० वर्षमुनिकाे महिला एसियन कप छनोटमा नेपालले नर्दन मारियाना आइल्यान्डलाई ६–० काे गाेल अन्तरले हराएकाे छ ।

फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा भएकाे खेलमा नेपालले नर्दन मारियाना आइल्यान्डलाई ६–० काे गाेल अन्तरले हराएकाे हाे । ेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेे नेपालका लागि दीपा शाही र सारा बज्राचार्यले २/२ गोल गरिन् भने सरस्वती हमाल र जेनेफेर रानाले १/१ गोल गरिन् ्् ।

यसअघि गएकाे बुधवार भएकाे खेलमा नेपालले घरेलु टाेली प्यालेस्टाइनलाई ६–० गाेल अन्तरले हराएकाे थियाे । याे खेलमा नेपालका लागि दीपा शाहीले चार र गरिमा राईले दुई गोल गरेकी थिइन् ।

याे जितसँगै समूह 'बी' रहेकाे नेपाल २ खेलमा ६ अङ्कसहित दाेस्राे चरणमा छनाेट भएकाे छ । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । याे चरणबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिकाे महिला एसियन कप खेल्नेछन् ।

पहिलो चरणबाट आठ वटा समूहका विजेता टोली दोस्रो चरणमा जानेछन् । दोस्रो चरणमा आठ वटा टोलीलाई दुई वटा समूहमा विभाजन गरिनेछ । दाेस्राे चरणका उत्कृष्ट चार वटा टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिकाे महिला एसियन कप खेल्नेछन् ।

एएफसी २० वर्षमुनिकाे महिला एसियन कप सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुनेछ । यस प्रतियाेगिताका लागि आयाेजना राष्ट्र उज्वेकिस्तानसहित सन् २०१९ मा भएकाे प्रतियाेगिताकाे शीर्ष तीन टाेली स्वतः छनाेट भइसकेका छन् । उज्वेकिस्तानसहित पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया सिधै छनोट भइसकेका हुन् ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया