आसिफ शेख र रोहित पौडेलले विराट कोहली र रोहित शर्मालाई पछि पारे

 फागुन २९, २०७९ सोमबार १७:४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र ब्याटर आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । दुवै खेलाडी सन् २०२३ मा एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउनेको सूचीमा दोस्रो र चौथौ स्थानमा छन् ।

सन् २०२३ मा एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन भारतका शुभमन गिलले बनाएका छन् । उनले ६ खेलमा ५ सय ६७ रन बनाएका छन् । त्यसपछि दोस्रो नम्बरमा नेपालका आसिफ शेख, तेस्रोमा इङ्ल्यान्डका जस बटलर र चौथोमा नेपालकै कप्तान रोहित पौडेल रहेका छन् । भारतका विराट कोहली पाँचौँ र रोहित शर्मा छैटाैँ स्थानमा छन् ।

दोस्रो स्थानमा रहेका आसिफले ११ खेलमा ४ सय १८ रन बनाएका छन् । यस्तै चौथो स्थानमा रहेका रोहित पौडेलले ३ सय ४१ रन बनाएका छन् । सन् २०२३ मा आसिफ शेखले एउटा शतक र तीन वटा अर्धशतक बनाएका छन्, रोहित पौडेलले तीन वटा अर्धशतक बनाएका छन् । नेपालको तर्फबाट एकदिवसीय क्रिकेटमा १ हजार रन बनाउने खेलाडी पनि राेहित र आसिफमात्रै हुन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया