भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत ८ गतेदेखि काठमाण्डाैमा हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमवार पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जानकारी दिएको हो । प्रतियाेगिता त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आयोजना हुनेछ । फिफा विन्डो अन्तर्गत आयोजना हुने लागेको प्रतियोगिता सिङ्गल राउन्ड रोबिनको आधारमा हुनेछ । जसअन्तर्गत शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल चैत १७ गते हुनेछ ।
घरेलु टोली नेपालले लाओससँग चैत ८ गते खेल्दा प्रतियोगिताको उद्घाटन हुनेछ । यस्तै चैत ११ गते भुटान र लाओस खेल्नेछन् भने त्यस्तै चैत १४ गते नेपाल र भुटानबीच लिगको अन्तिम खेल हुनेछ । नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आरम्भ गर्नेछ ।
प्रतियोगितामा एन्फाले साधारण र भीआईपी प्यारापिटतर्फ दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ पाँच सय र भीभीआईपीतर्फ एक हजार रुपैयाँ टिकट दर राखिएको एन्फाले जनाएको छ । यसअघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कीर्गिस्तानको यू–२३ टोलीसहित नेपालले बङ्गलादेशसँग त्रिदेशीय प्रतियोगिता खेलेको थियो । त्याे प्रतियोगितामा नेपालले फाइनलमा बङ्गलादेशलाई हराउँदै च्याम्पियन बनेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।