काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं - वेष्ट इन्डिज विरुद्धको दोस्रो टेष्टमा भारत १० विकेटले विजयी भएको छ । जितसँगै भारतले दुई टेष्टको श्रृखंला क्लिनस्विप गरेको छ ।
दक्षिण अफ्रिका र इंग्ल्याण्ड विरुद्धको टेष्ट श्रृंखला गुमाएर आलोचित बनेको भारतीय टाेलीले उत्कृष्ट कमब्याक गरेको छ ।
भारतको हैदरावादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज पहिलो पारीमा तीन सय ११ रनमा अलआउट भयो । उसका लागि चेसले एक सय ६ रनको योगदान गरे ।
बलिङ तर्फ उमेश यादवले ६ विकेट लिए । जवाफमा भारतले पहिलो पारीमा तीन सय ६७ रन बनायो । उसका लागि रिशव पन्तले ९२ तथा अजिन्क्या राहाणेले ८० रन बनाए ।
दोस्रो पारीमा वेष्ट इन्डिज एक सय २७ रनमै समेटिन पुग्यो । उसका कुनैपनि खेलाडीले ५० रन पुरा गर्न सकेनन् ।
दोस्रो पारीमा वेष्ट इन्डिजलाई सस्तैमा आउट गर्न उमेश यादवले ४ तथा रविन्द्र जडेजाले तीन विकेट लिए । भारतीय भूमिमा फितलो बनेको वेष्ट इन्डिजले ७२ रनको झिनाे लक्ष्य दियो । जसलाई भारतले १६ ओभर एक बलमा पुरा गर्याे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।