एकदिवसीय क्रिकेटमा नेपालको वरियतामा एक स्थान सुधार

 चैत १, २०७९ बुधबार १०:३६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ एकदिवसीय वरियतामा नेपालले सुधार गरेको छ । आईसीसीले गएराति सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ ।

नेपाल यसअघि १७ औं स्थानमा थियो । नेपालले नामिबियालाई पछि पार्दै १६ औं स्थानमा उक्लिएको छ । नेपालभन्दा पछि नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् । नेपाल भन्दा अघि ओमान १५ औं, नेदरल्यान्ड्स १४ औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छ ।

भारत शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ । त्यस्तै पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, अफगानिस्तान नवौं, वेस्टइन्डिज १० औं र आयरल्यान्ड ११ औं स्थानमा छन् । नेपालले क्रिकेट लिग–२ को अन्तिम श्रृंखलामा भोलि यूएईसँग खेल्दैछ । यो खेल जितेमा नेपालले विश्वकप छनोट खेल्न पाउनेछ ।
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया