फोटोग्राफर अफ दी इयर : यी हुन वर्ष २०१८को सर्वोत्कृष्ट १२ तस्बिर

 असोज २९, २०७५ सोमबार ७:२२:३७ | एजेन्सी

रोयल सोसाइटी अफ बायोलोजीले सन् २०१८ को ‘फोटोग्राफर अफ द इयर’ घोषणा गरेको छ । फोटोग्राफर अफ द इयरको उपाधि १७ वर्षका ज्याक ओलिवले जित्न सफल भएका छन् ।

छेपारोको तस्बिर, चिसो मौसममा रुखबाट झरिरहेको पात जमिनमा छरिएको पातको कलाकारिता र उडिरहेको चराका तस्बिर छनोटमा परेका छन् । 

यी तस्बिर रोयल सोसाइटी अफ बायोलोजीको सन् २०१८ को ‘फोटोग्राफर अफ द इयर’, ‘युवा फोटोग्राफर अफ द इयर’ प्रतियोगिताका लागि छनोटमा परेका थिए । यसपटक प्रतियोगिताको विषय ‘प्याटर्न इन नेचर’ राखिएको थियो । 

१७ वर्षका ओलिवलाई उनको ‘लेपर्ड गेको’ तस्बिरले फोटोग्राफर अफ द इयर बनायो । 

यसबाहेक बिजेता तस्बिरमा समावेश रोबर्ट ब्यूनोको तस्बिरले पनि मानिसहरुको ध्यान आकृष्ट गर्न सफल रह्यो । तस्बिरमा पातमाथि लार्भा हिँडेको निशान कुनै अलंकारजस्तो देखिएको थियो । पहेंलो पातमा लार्भाको निशान कुनै घुमाउरो सडकजस्तो देखिएका थिए ।

ओर्बी भेरिगाटाको यो फूललाई १० वर्षका माइलो हाइलले आफ्नो क्यामरामा कैद गरेका थिए ।

केबेक्का कीनले यो तस्बिर विन्डरमर लेक नजिक खिचेका थिए । तस्बिरमा एक भ्यागुतोलाई आफ्नो अण्डासहित पौडी खेलिरहेको देखिन्छ।

पानी पिउँदै गरेको जेब्राको यो छायाँले तस्बिरमा देखिन्छ । इमोगन स्मिथले यो तस्बिर केन्याको लेवा रिजर्भमा लिएका थिए ।

गुएलहेम डुवोटले यी तस्बिर स्लोवाकियामा लिएका थिए । 

यो लेउ संसारभरीको पोखरी र तालको किनारामा पाइन्छ ।

फाइलम क्लासको एक काेष ।

यो तस्बिर सिएन क्लेटनले ड्र्यागन फ्लाई पखेटाको खिचेका हुन् । उनका अनुसार गाइने किराको पखेटा अविश्वसनीय रुपमा जटिल हुन्छ । 

विराजले यो तस्बिर मुम्बईमा खिचेका थिए । चिसो मौसममा यो पंक्षी ।

यो तस्बिर हेनरी कोसकिनेनले खिचेका हुन् ।

किराको यो तस्बिर स्टिव लरीले खिचेका हुन् ।
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया