फिफा वरीयतामा नेपालको फड्को, जर्मनीको शीर्ष स्थान कायमै

 जेठ २४, २०७५ बिहीबार २०:२६:२२ | उज्यालो सहकर्मी

रुस विश्वकप सुरु हुनु एक हप्ता अघि निकालिएको फिफा वरीयतामा जर्मनी पहिलो नम्बरमा यथावत छ । 

नेइमारको ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, रोनाल्डोको यूरोपेली च्याम्पियन पोर्चुगल चौथो स्थानमा छन् ।

त्यसैगरी पाँचौंमा मेस्सीको अर्जेन्टिना, छैटौंमा शाकीरीको स्विट्जरल्याण्ड तथा ग्रिजम्यान र पोग्बाको फ्रान्स सातौं वरीयतामा छन् । 

लेवाण्डोस्कीको पोल्याण्ड २ स्थान माथि उक्लँदै आठौं स्थानमा, दक्षिण अमेरिकी राष्ट्र चिली नवौं स्थानमा छ भने रामोस र जोर्डी अल्बाको स्पेन दुई स्थान तल झर्दै दशौं स्थानमा रहेको छ ।

दक्षिण एसियामा को कतिऔं स्थानमा ?

दक्षिण एसियाली राष्ट्रहरुमध्ये भारत ९७ औं स्थानमा यथावत छ । अफगानिस्तान ५ स्थान तल झर्दै १४५ औं बरीयतामा र माल्दिभ्स २ स्थान तल झर्दै १५० औं स्थानमा छ ।

नेपाल भने ३ अंक माथि उक्लँदै १६१ औं स्थान ओगट्न सफल छ ।  त्यसै गरी भुटान ९ अंक माथि उक्लँदै १८३ औं स्थानमा छ ।

ब‌ंगलादेश ३ अंक प्रगति गर्दै १९४ औं स्थानमा पुगेको छ भने श्रीलंका २०० औं स्थानमा यथावत छ । यसैगरी पाकिस्तान २ अंक माथि उक्लँदै २०१ औं स्थानमा रहेको छ । 


 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया