अफगानिस्तान प्रिमियर लिगमा सन्दीपले लिए २ विकेट, हार्‍याे टिम

 असोज २९, २०७५ सोमबार ९:३९:० | उज्यालो सहकर्मी
unn.prixa.net

अफगानिस्तान प्रिमियर लिग क्रिकेटमा नेपाली युवा स्पीनर सन्दीप लामिछानेले डेब्यू गरेका छन् । 

नानग्राहर लियोपार्डका लागि अफगानिस्तान प्रिमियर लिग अन्तर्गत पाक्टिया प्यान्थरविरुद्धको खेलमा डेब्यू गरेका उनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । 

नानग्राहरको इनिङमा उनले ९.४ र ९.६ ओभरमा विकेट लिएका हुन् । सन्दिपले क्यारुन डोलपोर्टलाई ६ र सिकन्दर राजालाई खाता नखोली पेविलियन फर्काए । 

ब्याटिङमा भने उनले रन लिन सकेनन् । 

तर, उनको टोली नानग्राहर लियोपार्ड भने पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नानग्राहरले निर्धारित ओभरमा सबै विकेट गुमाएर १२६ रन बनाएको थियो । 

नानग्राहरलाई सस्तैमा समेट्न जियाउर रहमानले ३ विकेट लिँदा शाहिद अफ्रिदीले २ विकेट लिए । 

१२७ रनको लक्ष्य पाक्टियाले १४.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान मोहम्मद साहजादले ४३ बलमा ७८ रनको शानदार पारी खेले । उनले ८ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै इन्साउल्लाहले पनि २५ रन जोडे ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया