बारामा स्कुल बसको ठक्करबाट तीन वर्षीय एक बालकको ज्यान गयो

 चैत ३, २०७९ शुक्रबार ११:१:१९ | जयनारायण यादव
unn.prixa.net

बारा - बाराको कलैयामा  बिहान स्कुल बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

वीरगञ्जमा रहेको गुरुकूल एकेडमीको ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट बिहान कलैया उपमहानगरपालिका–१ मोतीबागका विनोद साह सोनारका छोरा तीन वर्षीय छोरा कार्तिकको ज्यान गएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया