काठमाण्डाैमा ड्रमको पानीमा डुबेर बालकको ज्यान गयाे

 चैत ३, २०७९ शुक्रबार १८:४०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डाैकाे तारकेश्वरमा घर नजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको ज्यान गएाे छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज शुक्रवार दिउँसो ज्यान गएकाे हो । 

डुबेर गम्भीर अवस्थामा फेला परेका उनको ग्रान्डी अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया