कञ्चनपुर : बेपत्ता भाइसित चार दशकपछि सम्पर्क हुँदा...

 चैत ४, २०७९ शनिबार १९:१०:३८ | रासस
unn.prixa.net

कञ्चनपुर – परिवारबाट सम्पर्कविहीन भएको चार दशकपछि कुनै व्यक्ति सम्पर्कमा आयोभन्दा पत्यार नलाग्न सक्छ, तर यो यथार्थमा साबित भइदिँदा कञ्चनपुरको महेन्द्रनगरका रामदत्त कलौनीको घरमा खुसीको सीमा छैन ।

पुर्ख्याैली घर बैतडीको दोगडा केदार गाउँपालिकाको रिम भएका परमानन्द कलौनी बेपत्ता भएको चार दशकपछि दाजु रामदत्त कलौनीको सम्पर्कमा आउनुभएको छ । विसं २०३८ पछि परिवारबाट टाढिएका परमानन्द डडेल्धुराको आलितालका हरिसिंह मडैमार्फत महेन्द्रनगरमा रहेका दाजु रामदत्तको सम्पर्कमा आएका हुन् ।

“घरबाट २०३८ सालमा निस्कदा त्यो बेला डडेल्धुरामा सडक बनाउने काममा मजदुरी गथ्र्यो भन्ने सुनिएको थियो”, चार दाजुभाइमध्येका जेठा रामदत्तले भन्नुभयो, “माइलो परमानन्द जोगबुढा हुँदै डोटीका स्थानीय युवासित भारत पसेको कुराकानीका क्रममा खुल्यो ।” 

बैतडीबाट २०५० सालको सेरोफेरोमा महेन्द्रनगर बसाइँ सरेका रामदत्तले भाइ भेटिनेमा आशा नै मारिसकेका थिए । तर बिहीबार साँझ आलितालका मडैमार्फत बैंग्लोरमै घरजम गरेर बसेका भाइसित टेलिफोन सम्पर्क भएको बताउनुभयो ।

“आलितालका कांग्रेस नेता जनक कलौनी र हरि मडै साथी रहछेन्”, उहाँले भन्नुभयो, “मडैजीलाई बैंग्लोरमा डेढ दशकअघि देखि मेरै भाइले जागिर लगाएको रहेछ ।” बैंग्लोरमा कार्र्यरत सेक्युरिटी कम्पनीमा परमानन्द ‘प्रेम शर्मा’ का नामले परिचित रहेछन् । “परमानन्द र हरिबीच पुख्र्यौली घरका बारेमा कुराकानीका क्रममा मेरो भाइको पत्ता लाग्यो”, खुसीले गद्गद् भएका रामदत्तले भन्नुभयो, “यसबीचमा भारतका धेरै ठाउँ तथा काठमाडाँैसम्म खोजे, पत्ता लागेन ।” 

भाइसित बिहीबार र शुक्रबार बिहान टेलिफोन कुराकानीपछि बैंग्लोरबाट फोटोसमेत पठाइदिएको उहाँ बताउनुहुन्छ । “बैंग्लोरमा नयाँ घर बनाइरहेकाले घरको काम सकिएपछि महेन्द्रनगर आउने र पहाड जाने दाजु÷भाइको सल्लाह भयो ।” रामदत्तले भन्नुभयो, “बुबा÷आमाको हालखबर सोध्थ्यो, मैले निधन भइसकेको सुनाएँ ।” 

मडैसित बैतडीको रिम घर भन्ने परिचय दिएपछि परमानन्दको घरपरिवारसित सम्पर्क हुन पुगेको हो । “भाइको घरजम भएर छोरीबाट नातिनी पनि भइसकेछ”, रामदत्तले भन्नुभयो, “ज्योतिषकहाँ हेराउन जाँदा पनि जिउँदै छ भन्थे ।”

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया