आवश्यक न्यायाधीश नहुँदा सेवाग्राहीलाई समयमै न्याय दिन सकेनाैँ...
चैत १४, २०७९ मंगलबार
चितवन - चितवनको कालीका नगरपालिका–७ मा रहेकाे पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटेबाघ मरेकाे भेटिएको छ । संरक्षित क्षेत्रको केउरेनी घोलमा शनिवार हिजाे दिउँसो बाघ मरेकाे भेटिएको हो।
जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार अन्दाजी छ वर्षको भाले बाघ खानामा विष परेकाले मरेको हुनसक्ने अनुमान छ । शनिवार हिजाे नै शव परीक्षण गरेर बाघको नमुना परीक्षण सुरु गरिएको छ ।
बाघको मुख र मलद्वारमा सेतो फिज र पेटमा बाख्राको अङ्ग भेटिएको उहाँले बताउनु भयाे । यस वर्ष राष्ट्रिय वन क्षेत्रमा बाघ मरेको पहिलो घटना हो । गएकाे वर्ष वन क्षेत्रमा बाघ मरेको थिएन । जिल्लाको राष्ट्रिय वन क्षेत्रमा १२ देखि १४ बाघ रहेको अनुमान छ ।