चीनले फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्...
मंसिर ७, २०८१ शुक्रबार
पाल्पा - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) चुनावमा पाल्पाका चार क्याम्पसमध्ये दुई क्याम्पसमा नेविसङ्घ र दुई वटामा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।
शहीद बहुमुखी क्याम्पसमा मतदानबाट र त्रिभुवन बहुमुखी क्याम्पस, उद्बुद्ध र माण्डव्यमा सहमतिमा नेतृत्व चयन भएको हो ।
त्रिभुवन बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका कृष्ण अर्याल सभापतिमा निर्वाचित हुनुभएकाे छ ।
यस्तै, उपसभापतिमा अनेरास्ववियुका अमृत भट्टराई, सचिवमा अनेरास्ववियु (क्रान्तिकारी ) का ताराबहादुर रायमाझी, नेकपा एकीकृत समाजवादी समर्थित अनेरास्ववियुबाट सहसचिवमा उमेश भण्डारी, कोषाध्यक्षमा अनेरास्ववियुका सन्तोष पोखरेल चयन भएका छन् ।
पाल्पाको रामपुरमा रहेकाे शहीद बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट उम्मेदवार बनेका ल्याकत अलि सभापतिमा विजयी हुनुभयो । अनेरास्ववियुका उम्मेदवार सन्देश ढकाललाई ३२ मतले पछि पार्दै अलि विजयी हुनुभएको हो । कोषाध्यक्षमा संयुक्त प्यानलका तिलक सारु ३ सय ३१ मतसहित विजयी हुनुभएकाे छ । उद्बुद्ध कलेजकाे सभापतिमा अनेरास्ववियुका केशव पंगेनी, उपसभापतिमा कमल बस्याँल, सचिव कृष्णा झापुर्लक, सहायक सचिवमा बिनिता कामु निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै दमकडामा रहेकाे माण्डव्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सरोज अधिकारी सभापतिमा चयन हुनुभयो । बन्दना सुनार सचिव रहेको समिति गठन भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।