नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश, तर खानेपानीको समस्या भोग्दै नागरिक

 चैत ८, २०७९ बुधबार ९:७:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा जोड दिँदै आज विश्व पानी दिवस मनाइँदैछ ।

जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे चेतना जगाउन सरकारी तथा विभिन्न गैरसरकारी संघसंस्थाले विविध कार्यक्रम गर्दै छन् ।

संयुक्त राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ को मार्च २२ तारिखमा विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो । 

पञ्चतत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै ठाउँमा जीवन सम्भव भएकाले पानी नै जीवन हो भन्ने गरिन्छ ।

पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नलाग्ने डाक्टरहरुले बताउँदै आएका छन् । पृथ्वीको दुईतिहाई भाग पानीले ढाकेको छ । तर, सबै पानी पिउनयोग्य छैन ।

समुद्र र महासागरको पानी नुनिलो छ । यसले पृथ्वीको ९७ दशमलव ५ प्रतिशत भाग ओगटेको छ । २ दशमलव ५ प्रतिशत पानी मात्र पिउनका लागि योग्य मानिएको छ ।

नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ ।

दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने पानीको सङ्कटलाई दृष्टिगत गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ–गाउँमा रहेका आहाल, पोखरी, तालतलैयाहरूको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत भूमिगत पानीका स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिनु भएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया