यूइएफए नेशन्स लिगमा इग्ल्याण्डसँग स्पेन पराजित

 असोज ३०, २०७५ मंगलबार ६:३५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

यूइएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा इग्ल्याण्डले स्पेनलाई पराजित गरेको छ । ३१ बर्षपछि स्पेनलाई पराजित गरेको इंग्ल्याण्डले तीन दुईको प्रतिस्पर्धात्मक जित हात पार्यो । 

सेभियामा भएको समुह ए अन्तर्गतको खेलमा इंग्ल्याण्डको जितमा रहिम स्ट्रलिङले दुई गोल गरे । निकै रोमाञ्चक बनेको खेलको ३८ मिनेटभित्र इंग्ल्याण्डले तीन गोलको अग्रता बनाएको थियो ।

खेलको १६ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए । त्यसपछि २९ औं मिनेटमा रासफोडले टिमको अग्रता दुई शुन्यमा पुर्याए । सुरुवातदेखि नै आक्रामक फुटबल खेलेको इंग्ल्याण्डले ३८ औं मिनेटमा अर्को गोल थप्यो ।

उसका लागि स्ट्रलिङले ब्यक्तिगत दोस्रो गोल गर्दा टाेलीको अग्रता तीन शुन्यमा पुर्याए । पहिलो हाफमा नै तीन गोलले पछि परेको स्पेनले दोस्रो हाफमा खेलमा फर्कने राम्रो प्रयास गरेको थियो ।

जसमा उसले दुई गोल पनि फर्काएको  थियो । ५८ औं मिनेटमा एल्काचेरले गोल गरे भने इन्जुरी समयको सातौं मिनेटमा सर्जियो रामोसले दोस्रो गोल गरे । तर त्यतिले पनि स्पेनलाई हारबाट बचाउन सकेन ।

राष्ट्रिय टिमका लागि २७ खेलसम्म गोल गर्न नसकेका उनले सो क्रमलाई भंग गरेका छन । अन्तिम पटक इंग्ल्याण्डले १९८७ मा स्पेनलाई चार दुई गोलले हराएको थियो । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया