फोहर व्यवस्थापनमार्फत् राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मासिक ४० हजार रुपैयाँ कमाउँदै

 चैत ९, २०७९ बिहीबार १४:२:४५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले फोहरमैला व्यवस्थापन गरेर मासिक ४० हजार रुपैयाँ आम्दानी गरिरहेको छ ।

उचित व्यवस्थापन हुन नसकेका मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन गरेर प्रतिष्ठानले मासिक ३५ देखि ४० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको प्रतिष्ठानका डेपुटी रजिष्ट्रार झन्कार लामिछानेले बताउनु भयो । प्रतिष्ठानले त्यसबाट प्राप्त आम्दानी फोहरमैला व्यवस्थापनमा खर्च गर्ने गरेको छ।

धेरै स्वास्थ्य संस्थाले आफ्नो संस्थामा सेवा प्रवाहका क्रममा निस्केको फोहर व्यवस्थापन नगरेर लुकिछिपी अव्यवस्थित रुपले फाल्दा समस्या आएको गुनासो आइरहेको अवस्थालाई ध्यानमा राखेर उचित व्यवस्थापन थालिएको प्रतिष्ठानले जनाएको छ।

स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनमा गम्भीर नभइरहेको अवस्थामा पछिल्लो डेढ वर्षदेखि प्रतिष्ठानले छुट्टै इकाई नै स्थापना गरी अत्याधुनिक प्रशोधन गर्ने उपकरणमार्फत् फोहरलाई अलगअलग गरी निर्मलीकरण गर्ने काम गरिहेको र फोहरबाट आम्दानी समेत भइरहेको लामिछानेले बताउनुभयो ।

सेवा प्रवाहका क्रममा उत्पादन हुने फोहर सङ्कलन गरी त्यसको उचित व्यवस्थान गर्न प्रतिष्ठानले योजनाबद्ध ढङ्गले काम गरिहेको जनाएको छ । प्रतिष्ठानका निमित्त उपकूलपति एवम् शिक्षाध्यक्ष डा.वसन्त लामिछानेले स्वास्थ्यजन्य फोहर मैला व्यवस्थापनमा सबैसँग समन्वय गरेर अघि बढ्ने योजना रहेको बताउनुभयो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया