अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै सुजलले भने– ‘राष्ट्रिय टाेलीकाे जर्सी लगाउन पाउनु ठूलाे सम्मान थियाे’

 चैत ९, २०७९ बिहीबार १८:५४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासकाे घाेषणा गरेका छन् । 

आज बिहीवार सामाजिक सञ्जालमार्फत सुजलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासकाे घाेषणा गरेका हुन् । सन्न्यासकाे घाेषणा गर्दै सुजलले ११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर खेल्ने अवसार पाउँदा निकै गर्विलो महसुस गरेको बताएका छन् ।

‘केही खुसीका पल त केही दुःखका, कतै उपाधि त कतै निराश क्षण लगायत यी सबै तिता–मिठा सम्झनासहित आज म राष्ट्रिय टोलीबाट आफ्नो सन्न्यास घोषणा गर्दछु । यति लामो समयसम्म राष्ट्रिय टोलीको जर्सी लगाउन पाउनु मेरा लागि ठूलो सम्मान थियो । मैले यो गर्व र जोसका साथ निर्वाह गरेँ’, उनले लेखेका छन् । 

अहिले राष्ट्रिय टोलीमा रहेका र अन्य खेलाडी धेरै क्षमतावान् भएकाे भन्दै सुजलले लेखेका छन्, ‘म विश्वस्त छु कि भाइहरूले देशको झन्डा झुक्न दिने छैन । अब पालो नयाँ पुस्ताको हो ।’

सुजलले आफ्ना प्रशंसक र समर्थकलाई धन्यवाद पनि दिएका छन् । उनले आफ्ना लागि याे समय अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने उपयुक्त समय भएकाे उल्लेख गरेका छन् ।

सुजल काठमाण्डाैमा २०७६ सालमा भएकाे १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा २३ वर्षमुनिकाे राष्ट्रिय फुटबल टाेलीले स्वर्ण जित्दाका कप्तान थिए । मच्छिन्द्र क्लबबाट घरेलु फुटबल खेलिरहेका सुजल सहकर्मी रजिन धिमालसँगै अस्ट्रेलिया जाँदैछन् ।

तस्बिर : एन्फा

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया