छैठाैं विश्व नेवा: दिवस मनाइँदै

 चैत ११, २०७९ शनिबार ९:२५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – विश्वभरि रहेका नेवार समुदायले आज नेवा दिवस मनाउँदैछन् । वर्ल्ड नेवाः अर्गनाइजेशनको आह्वानमा मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउने गरिन्छ । विभिन्न देशमा रहेका नेवार संघसंस्थाले विभिन्न कार्यक्रम गरेर छैठौं विश्व नेवाः दिवस मनाउँदैछन् ।

नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा नेपाल, अमेरिका, संयुक्त अधिराज्य, भारत, जापान, बेल्जियम, न्युजिल्याण्ड लगायतका देशमा रहेको च्याप्टरले विभिन्न कार्यक्रम गर्ने वर्ल्ड नेवा अर्गनाइजेशनले जनाएको छ ।

यस्तै  वर्ल्ड नेवा अर्गनाइजेशनले नेपाली समय अनुसार आज बेलुकी साढे ७ बजे विभिन्न देशमा रहेका नेवारहरुको सहभागितामा अन्तरक्रिया गर्न लागेको छ । काठमाण्डौ उपत्यका मूल थलो भएका नेवार समुदाय एउटा मूलबासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि रहेको छ । नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा नै छन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया