आईएमई पेबाट आईएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ ह...
जेठ २४, २०८० बुधबार
काठमाण्डाै - आज विश्व रङ्गमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्चिच्युटकाे अवधारणाअनुसार हरेक वर्षको मार्च २७ तारिखमा विश्व रङ्गमञ्च दिवस मनाउने गरिएको छ । नेपालमा पनि रङ्गकर्मीहरुले नाटक प्रस्तुतिसहितका कार्यक्रम गरेर दिवस मनाउने गरेका छन् । केही वर्षदेखि नेपालमा रङ्गमञ्चको आकर्षण बढ्दै गएको छ ।
कोभिडको समयमा अरु क्षेत्रमाजस्तै रङ्गमञ्चमा पनि असर गरेको थियो । कोभिडले थलिएको रङ्गमञ्चले फेरि लय समात्न थालेको रङ्गकर्मीहरुले बताएका छन् । पहिले काठमाण्डौमा मात्र सीमित रङ्गमञ्च अहिले काठमाण्डौ बाहिरका जिल्लामा पनि फस्टाउन थालेको छ ।