हरेक आन्दोलनमा पत्रकारको भूमिका महत्त्वपूर्ण : मन्त्री शर्मा

 चैत १७, २०७९ शुक्रबार १३:०:५१ | प्रेमनारायण आचार्य
unn.prixa.net

रुपन्देही – मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार, श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो अधिकार भन्ने मूल नाराका साथ राष्ट्रिय मिडिया सम्मेलन २०७९ लुम्बिनीमा सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजनामा भएको राष्ट्रिय मिडिया सम्मेलनको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले शान्तिको दीप प्रज्ज्वलन गरेर उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री शर्माले नेपालका हरेक परिवर्तनका लडाइँमा पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले पत्रकारको साथ नभएको भए देशमा भएका परिवर्तनका आन्दोलन सफल नहुने बताउँदै मिडिया र पत्रकारको हक र हितमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

सम्मेलनले  श्रमजीवी पत्रकार ऐन, पत्रकार महासङ्घको सदस्य शुद्धीकरण, पत्रकार सुरक्षा, मिडियामा देखिएका समस्यालगायतका विषयमा महत्त्वपूर्ण निर्णय गर्ने महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया