‘जहाजकाे पाङ्ग्रा खुस्किने, पाङ्ग्रा भाडामा लिनुपर्ने स्थितिलाई गम्भीरपूर्वक लिइयाेस्’

 चैत १९, २०७९ आइतबार १६:३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देशको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।

आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाैडेलले देशकाे हवाई क्षेत्रमा पछिल्ला दिनमा गम्भीर समस्याहरू देखापरेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गर्नुभएको हो । कुनै जहाजको पाङ्ग्रा खुस्किने, पाङ्ग्रा भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रु अलपत्र बन्ने स्थिति देखापरेको उल्लेख गर्दै उहाँले ती समस्यालाई गम्भीरपूर्वक लिन पनि सरकारलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भीर त्रुटिहरू देखिएका छन् । कुनै जहाजको पाङ्ग्रा खुस्किने, पाङ्ग्रा भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रु अलपत्र बन्ने स्थिति बनेको छ । हिजोमात्रै नेपाल वायु सेवा निगमको विमान दुबईबाट काठमाण्डाै उड्नै लाग्दा पाइलटलाई पखाला चलेपछि पाँच सय ४३ जना यात्रु अलपत्र परे । पछिल्लो रिर्पोटले प्रस्ट भन्छ– नेपालमा हवाई दुर्घटनाका पछाडि इन्जिनले काम नगरेको जस्ता यान्त्रिक कारणभन्दा व्यवस्थापकीय पक्षमा चुक्दा बढी दुर्घटनाहरू हुन्छन् । हवाई क्षेत्रमा देखिएका समस्यालाई गम्भीरपूर्वक लिइयोस् । उचित व्यवस्थापनका लागि दिगो समाधान खोजियोस् ।’

सांसद पौडेलले सरकारले देशको हवाई क्षेत्रको गरिमा थप गुम्न नदिने गरी उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले हवाई सुरक्षाको विषयलाई हरेक देशले उच्च प्राथमिकतामा राख्ने गरे पनि नेपाल सरकार र सम्बन्धित निकाय त्यस मामिलामा बेखबरजस्तै बन्नु दुःखद रहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • लोक

    April 2, 2023, 4:39 p.m.

    प्रदीप जि , जहाजको पाङ्ग्रा खुस्केको होइन भाडामा लियकोपनि होइन। यो ब्यवस्था भाडामा लियको कारण देशको पाङ्ग्रा खुस्केको हो। राजनिति भनेको आफ्नो देश भुगोल र जनतालाइ प्राथमिकतामा राखेर छिमेकि नितिलाइ ध्यानमा राखेर मात्रै राजनीति गरिनुपर्छ । बिदेशिको इसारामा चल्न हुदैन। त्यसैको परिणाम नेपालको अनेकौं समस्या हो।

  •  0 Reply

तपाईको प्रतिक्रिया