२ करोड १४ लाख रुपैयाँ भष्ट्राचार गरेको आरोपमा पूर्व नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध मुद्दा

 चैत १९, २०७९ आइतबार १७:३०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अवकाश प्राप्त नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध दुई करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा छानबिन गर्दा घिमिरेको दुई करोड १४ लाख ४६ हजार रुपैयाँ सम्पत्तिको स्रोत नभेटिएकोले त्यही बराबर बिगो मागबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

२०५२ सालको कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका घिमिरेले भन्सार विभागमा कार्यरत रहेको अवस्थामा २०७५ फागुन १ गते राजीनामा दिनुएको थियो । घिमिरेले सेवामा रहँदा पाँच करोड २५ लाख १६ हजार तीन सय २७ रुपैयाँ आम्दानी गरेको र खर्च र सम्पत्ति जोड्दा सात करोड ३९ लाख ६२ हजार नाै सय ८४ रुपैयाँ रहेको पाइएकोले आम्दानीभन्दा बढी देखिएको सम्पत्तिलाई नै अख्तियारले गैरकानुनी सम्पत्तिका रूपमा किटान गरेको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

अख्तियारले बिगो बराबर जरिबाना र गैरकानुनी सम्पत्तिबाट बढे/बढाइएको चल/अचल सम्पत्ति जफत गर्न पनि मागदाबी गरेको छ । अख्तियारले सम्पत्ति रोक्का र बिगो जरिबाना असुलका लागि घिमिरेकी श्रीमती शारदा गौतमलाई पनि प्रतिवादी बनाएको छ ।

अर्घाखाँची स्थायी ठेगाना भएका गौतम अहिले काठमाण्डौमा बस्दै आउनुभएको छ । घिमिरेविरुद्ध गएको जेठ १४ गते मध्यरात अर्थ मन्त्रालय पुगेर बजेटमा करका दर हेरफेरमा संलग्न भएको आरोपसमेत लागेको थियो ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया