सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
कैलाली – कालीकाेटकाे खाँडाचक्र नगरपालिका ३ का मनप्रसाद पाण्डे बेपत्ता हुनुभएको छ । भारतबाट काम गरेर कालीकोट घरतिर फर्किँदै गर्दा उहाँ कैलालीकाे गोदावरी नगरपालिका ६ बाट बेपत्ता हुनुभएको हो ।
पाण्डेकी श्रीमती पदमकला पाण्डेलाई भने बेहोस अवस्थामा भेटेर उपचार गराइरहेको प्रहरीले जनाएको छ । गएकाे शनिवार भारतको हरिद्वारबाट उहाँहरूसँगै आएका दुई जना महिलाले बाटोमा पाण्डे दम्पतीलाई जुस खुवाएर बेहोस पारेको खुल्न आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ती महिलाहरू लुटेरा हुनसक्ने प्रहरीको अनुमान छ । उनीहरूले पदमकलाको साथबाट एक तोला सुनको सिक्री र कानमा लगाएको मुन्द्रा लुटेर भागेका प्रहरीले जनाएको छ ।
पदमकला पाण्डेको उपचारपछि होस खुलेको र अहिले घटनाकाे सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।